महाराजगन्जमा खुल्यो चिया सागरको नयाँ आउटलेट, ५५ प्रकारका चिया पाइने

दर्पण दैनिक १५ जेष्ठ २०८०,१६:४३
post

काठमाडौं । चिया पारखीहरू गफिने नयाँ अड्डा खुलेको छ । चिया सागरले काठमाडौंको नयाँ बानेश्वरपछि महाराजगन्जको श्रीकान्ति मार्गमा नयाँ आउटलेट विस्तार गरेको हो । चिया पारखीहरू गफिने नयाँ अड्डाको लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ खर्चिएका छन् । जहाँ मनै लोभ्याउने वातावरणमा मिठो चिया पिउन पाइन्छ ।   

सोमबार एक समारोहबिच नायक सलोन बस्नेत र मोडल याङ्शु श्रेष्ठले संयुक्तरुपमा चिया सागरको नयाँ आउटलेट उद्घाटन गरेका हुन् । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छन् ।  

विशेषगरि चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चित चाहिँ  मसाला चिया छ ।  ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ । 

चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा रु ३० देखि तीन सय रुपैयाँ कप सम्मका चिया उपलब्ध छन् । चिया, कफी बाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन् । चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ । 

चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरूको सुझाव सल्लाह र अनुरोधमा महाराजगन्जमा नयाँ पसल खोलिएको हो । स्थानीय क्षेत्रका चिया पारखीहरूको समेत विशेष चासो र आग्रहमा सो क्षेत्र रोजिएको उनले बताए । 

शर्मा भन्छन्, ‘नेपालीहरूमा संस्कृतिको रूपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर ।  यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो ।’  

यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । चिया सागरमा डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ । दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई निकै नै आकर्षक बनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९