
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितो पत्र बोर्डको अध्यक्ष परिवर्तन गरेका छन् । पौडेल मन्त्री नियुक्त हुनासाथ पूर्वअर्थमन्त्री वर्षमान पुनले नियुक्त गरेका नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई अध्यक्ष नियुक्त गरेका छन् ।
अर्थमन्त्री पौडेले बराललाई पद तथा गोपनीयताको सपथ गराएका छन्। राना र बराल दुबै सरकारका सहसचिव हुन् । बोर्डको अध्यक्ष खाली भए पनि नयाँ अध्यक्ष नियुक्ति नगर्दासम्म अर्थ मन्त्रालय माताहतका सह–सचिवलाई बोर्डको अध्यक्ष बनाउने परम्परा अनुसार अध्यक्ष परिवर्तन भएका हुन् ।
नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका सहसचिव महेश बरालले अर्थ मन्त्री पौडेल समक्ष बोर्डको अध्यक्ष पदको पद तथा गोपनीयताको सपथ लिई बिहीबारबाट पद बहाली गरेका छन्। पौडेलले बुधबार बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन गरेका थिए ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम अध्यक्ष तोकिएको हो । बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा कार्यरत छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google