
काठमाडौँ । दि एक्स्पोर्ट एन्ड इम्पोर्ट ब्यांक अफ चाइना (सीएक्जिम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट) १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट) १ समेत २ जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण/मध्यस्थकर्ताको रुपमा काम गर्ने भएको छ । सीएक्जिमले सानिमा बैंकलाई नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको हो। सीएक्जिम बैंकको सिचुआन (चीन) शाखामा आयोजित एक विशेष कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीएक्जिमको सिचुआन शाखाकी उपाध्यक्ष वु यान्हुईले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, सीएक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेनग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लियाओ बिन समेतको उपस्थिति थियो ।
यस सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ । खासगरी ऊर्जा जलविद्युत्, व्यापार पूर्वाधारलगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत गरिएको सानिमा बैंकका सिइओ पाण्डेले बताए ।
सीएक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ । उक्त कार्यको लागि सानिमा बैंकको भूमिका महत्त्वपूर्ण हुने व्यक्त गर्र्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा साबित हुने बताए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)













































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google