अबदेखि कम्पनीको सबै काराबोर बैंकिङ प्रणालीबाट गर्नुपर्ने (सूचनासहित)

दर्पण दैनिक २१ भाद्र २०८०,१३:२६
post

काठमाडौं । सेयरधनीले कम्पनीलाई सेयर बापतको रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्ने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत व्यवस्थापन लगायतमा संशोधन गर्दै सबै काराबोर बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरेको हो ।

कम्पनीको भदौ १० मा बसेको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको कम्पनी रजिष्ट्ररको कार्यालयले जनाएको छ । प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने छ भने बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

यस्तै भदौ १८ पछि स्थापना भएका कम्पनीले पहिलो वार्षिक साधारणसभा गर्नुभन्दा अगाडी अनिवार्य रुपमा सेयर बाँडफाँड गरी कबुल गरेको सेयर रकमको पुरा वा आंशिक रकम चुक्ता गरी सेयर लगत अभिलेख गराउँने र सेयर लगत प्रमाणित गरेपछि मात्र कम्पनीको अद्यावधिक लगायत प्रशासनिक काम गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी केही प्रावधानहरू संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९