काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदबहाली गरेका छन् । बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन् ।
कार्यालय पुगेका उनले पदबहाली गरेका हुन् । डा पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । उनले ५०० र १००० का नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।
पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । सो क्रममा उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए । ‘हामीले केवल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ’, उनले भने, ‘त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’
त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने उनले प्रतिबद्धता जनाए । राष्ट्र बैंकका नीतिगत निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पौडेलको भनाइ छ ।
पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसलगत्तै अर्थमन्त्री विष्णु पौडेललाई भेटेका उनी बालुवाटार पुगी कार्यभार सम्हालेका हुन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले उनलाई गभर्नर नियुक्त गरेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google