मौद्रिक नीतिबारे नबिल बैंकका डेपुटी सीईओ ज्ञवालीकाे टिप्पणी- 'मौद्रिक नीतिले पर्ख र हेर भन्छ'

दर्पण दैनिक ७ श्रावण २०८०,१७:४१
post

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले पर्ख र हेर भनेको बताएका छन् । ‘मौद्रिक नीति जिम्मेवारीबोध सहित काम गरेर बनाइएको, अपेक्षित अनि पर्ख र हेर भन्ने आसयसहित आएको देखिन्छ,’ ज्ञवालीले बताएका छन् । 

मौद्रिक नीति जारी भएपछि ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकममार्फत उक्त टिप्पणी गरेका हुन् । मौद्रिक नीतिमा धेरै अपेक्षा नगरिएको र तरलताका विषयमा राष्ट्र बैंक खुकुलो हुन नचाहेको ज्ञवालीले दाबी गरेका छन् । 

‘मौद्रिक नितिले कुनै खास नयाँ नितिगत व्यवस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन । वर्ष २०७९/८० को तेस्रो त्रैमासिक समीक्षामार्फत तत्कालीन समस्या समाधान गरिसकेको अवस्था र केहीयता तरलतामा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ,’ उनले भनेका छन् । 

साथै ज्ञवालीले राष्ट्र बैंकले नीतिगत परिवर्त गर्नुपर्ने कतिपय कुराहरुलाई पुनरावलोकनको ढाडस लगाएको टिप्पणी गरेका छन् । ‘समस्याहरु पहिचान भइसकेको तर नियामकीय व्यवस्थामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछि गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ,’ उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९