
काठमाडौँ । निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ ले एक साताभित्र माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले इन्धन, बिटुमिन, सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढ्दा पुरानो दररेटमा काम गर्न नसकिने अवस्था आएको जनाएको हो । महासंघका महासचिव शिवहरी घिमिरे का अनुसार पश्चिम एसियाली संकटअघिसम्म प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य पनि दोब्बरजस्तै भएको छ ।
उनले मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’ जस्तै अवस्था सिर्जना भएको उल्लेख गर्दै हालको परिस्थितिलाई ‘फोर्स मेजर’ मान्दै मूल्य समायोजन गर्न सरकारसँग माग गरे । सिमेन्ट, फलामलगायत निर्माण सामग्रीको लागत अत्यधिक बढेकाले ठेक्का सम्झौताअनुसार काम गर्न नसकिने अवस्था आएको उनको भनाइ छ ।
महासंघले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये करिब २७ प्रतिशत मात्र खर्च हुनुले निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्र नै दबाबमा परेको जनाएको छ । साथै, हालै जारी सार्वजनिक खरिदसम्बन्धी अध्यादेशले केही सुधारका संकेत देखाए पनि ‘लो बिडिङ’, उपभोक्ता समितिमार्फत हुने काम र मूल्य समायोजनका मुख्य समस्या समाधान गर्न नसकेको आरोप लगाएको छ ।
पछिल्लो समय निर्माण व्यवसायीमाथि भइरहेको धरपकड र अनुसन्धानका नाममा हुने कारबाहीप्रति पनि महासंघले आपत्ति जनाएको छ । विद्युतीय खरिद प्रणालीसँग सम्बन्धित प्राविधिक विषयलाई आधार बनाएर व्यवसायीलाई त्रसित बनाउने र पक्राउ गर्ने कार्य रोक्न माग गरिएको छ ।
“काम गर्दा ठूलो घाटा, नगर्दा जरिवाना-दुवै दबाबमा व्यवसायी छन्,” घिमिरेले भने । महासंघले एक साताभित्र मूल्य समायोजनसहित आवश्यक नीतिगत निर्णय नगरे देशभरका सबै निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएको छ । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने स्पष्ट पार्दै माग सम्बोधन नभए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google