गिम्दीमा १५० भन्दा बढी जेष्ठ नागरिकलाई वडाको सम्मान

दर्पण दैनिक ५ श्रावण २०८२,१२:०९
post

ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर ७ गिम्दीमा रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ६८ वर्ष नाघेका १ सय ५० जना जेष्ठ नागरिकलाई छाता, टोपी , ओढ्नी र पानी तताउने इलेक्ट्रिक जग दिएर सम्मान गरिएको हो । 

वडा अध्यक्ष होम प्रसाद बजगाइँले जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई कदर गर्दै सम्मान गरिएको बताए ।  शनिबार वडा कार्यलय नजिकै रहेको नारायणडाँडाको वरको चौतारोमा वडा भरिका जेष्ठ नागरिकहरुलाई भेला गराई सम्मान गरिएको थियो । 

जेष्ठ नागरिकलाई दिइएको छाता , टोपी र ओढ्नेको आफ्नै विशेषता रहेको बताउँदै वडा अध्यक्ष बजगाइँले चिसोमा पानी तताएर खान र वर्षायाममा पानी उमालेर खान सहयोग पुग्ने हेतुले इलेक्ट्रिक जग वितरण गरिएको स्पष्ट पारे । 

यसअघि वडाले काठमाडौंको शहरी भेगमा बस्दै आएका आफ्ना २९ जना वडावासी जेष्ठ नागरिकलाई एक साता अघि नै सम्मान गरिसकेको थियो । यूवालाई प्रोत्साहन र जेष्ठ नागरिकलाई सम्मान भन्ने नारासहित वडाले पटक पटक यस्ता कार्यक्रम गर्दै आएको छ । 


बाग्मती प्रदेश कमीटि सदस्य एवं प्रखर वक्ता भवानी बजगाइँले जेष्ठ नागरिक आमाहरुलाई ओढ्ने ओढाएर सम्मान गरेकी थिइन् भने वडा अध्यक्ष होम प्रसादले जेष्ठ नागरिक बुबाहरुलाई टोपी लगाइदिएर सम्मान गरेका थिए । 

यसैगरी वडा सदस्यहरु मदन आलेमगर , जय बहादुर भुलुन र रमिला बराम तथा स्थानीय माओबादी नेता दुर्गा बहादुर रुम्बा, नारायण माविका प्रअ ईश्वर प्रसाद संजेल र जनक माविका प्रअ गोर्कण बहादुर फुँयालले सम्मानित हुने जेष्ठ नागरिकलाई जग र छाता हस्तान्रण गरेका थिए । 
वडा अध्यक्ष बजगाइँले अगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । उनले शिक्षक फुँयालको सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा छोटो दुरीको तीर्थयात्रा सम्म गर्न सकिने बताए ।  

शनिबार वडा कार्यालयले कुमारी बैंकका कर्मचारीलाई वडामै डाकेर जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भत्ता पनि वितरण गरेको थियो । भट्टेडाँडासम्म धाएर भत्ता लिन जानुपर्ने अवस्थालाई सजिलो बनाएकोमा जेष्ठ नागरिक तथा अन्य भत्ता लिन आउनेहरुले वडालाई धन्यवाद दिए । 


८१ वर्षीय क्षेत्र बहादुर बस्नेतले वडामै आएर भत्ता थाप्न पाउँदा सजिलो भएको बताए र्। टाढासम्म भत्ता लिन कसरी जाने भन्ने थियो , वडाले हामीलाई सजिलो पारिदिएको छ, उनले भने र्,  हामीले केही न केही सुविस्ता पाएका छौँ ।  सम्मान सहित सामग्री पाउँदा ७५ कटेका कान्छि तिमलसीना र ठूलीमाया सिङतानको पनि खुसीको सीमा रहेन र्।  अब फारो गरी यो सामान चलाउँछु , ओढ्नेमा सामान पोको पारेर हिड्दै गरेकी ठूलीमायाले भनिन्, जिन्दगीमा कति हण्डर खाईयो , यसरी सम्मान पाउँदा आनन्द लाग्ने रेछ । 

वडाभित्रका खुर्मी , साउमारा, बर्केथुम, नागटार, कटुवा, सुबाने, काउसे लगायतका स्थानबाट सम्मान थाप्न र भत्ता लिन वडाबासी पुगेका थिए । 


वडामा चौतारी 

प्रेस चौतारी ललितपुरले सम्मान कार्यक्रमकै दौरान वडामा चौतारी पनि आयोजना गरेको थियो । ललितपुरका अध्यक्ष नवीन लुईटेलले जिल्लाको सुदुर भागमा गएर वडामा चौतारी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले ललितपुर शहरी भेगमा मात्र सिमित नभएर दुर्गभ गाउँभित्र पनि छ भन्ने सन्देश दिन र त्यहाँको अवस्था जनमानसमा पुर्याउन गिम्दीमा कार्यक्रम आयोजना गरिएको बताए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: