काठमाडौं । हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।
यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।