टाटाको एस–इभी पिकअप भ्यान सार्वजनिक, २६ लाख ९९ हजार मूल्य

दर्पण दैनिक ५ आश्विन २०८०,१३:१३
post

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ ।  सिप्रदीले बिहीबार एक समारोहका बीच टाटा एस–इभी पिकअप भ्यान सार्वजनिक गरेको हो । टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ इभी सार्वजनिक गरेका हुन् । यो गाडीको मूल्य फेस्टिभ अफरका रुपमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

यद्यपि वास्तविक मूल्य भने २९ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कार्यक्रममा राणाले टाटा मोटर्सको कमर्सियल इभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताउँदै अहिले आर्थिक अवस्था कमजोर भए पनि विस्तारै बजार सुधार हुने अपेक्षा पनि व्यक्त गरे ।

यस्तै कार्यक्रममा अनुरागले टाटा र सिप्रदीबिचको सम्बन्ध ४ दशकदेखिको रहेको बताए । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा इभीको बजार बढ्दै गएको र नाडा अटो शोले त्यसलाई पुष्टि गरेको श्रेष्ठले बताए ।


कम्पनीका सिओओ राजेशप्रसाद गिरीले ‘अन द रोड सर्भिस’मा सिप्रदी सधैं तयार रहेको बताए । सिप्रदीले नेक्सन र टिगोर इभीमा सफलता हासिल गरिसकेको छ । गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ। यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आइपी ७६ प्रमाणित स्ट्यान्डर्ड छ। यस्तै एस–इभीमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम र नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छ ।

ब्याट्री फास्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ। एक पटकको फुल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा २१.३ किलोवाट आवर क्षमताको लिथियम आयोन आरन फोस्फेट ब्याट्री छ । ब्रेकको समयमा पनि ब्याट्री रिचार्ज हुन्छ ।

यस्तै यसमा २७ किलोवाटको मोटर छ । जसले १३० न्युटन मिटर पावर उत्पादन गर्छ। एस इभीको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा छ ।

यसको ह्वील १७ इन्च र ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ । कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।

यो गाडी ८० प्रतिशत फाइनान्समा किन्न पाइने कम्पनीले जनाएको जानकारी दियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: