नेपालमा नोटबन्दीबारे बहस सुरु

दर्पण दैनिक २७ आश्विन २०८२,१३:५७
post

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफलहरु हुन थालेका छन् । यसैबीच, देशको संघीय राजधानी काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल-भारत वर्ल्ड डेभलपमेन्ट फोरमले शनिबार काठमाडौंमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सो अन्तरक्रिया कार्यक्रममा विभिन्न अर्थ विद्, बुद्धिजीबी, युवा राजनीतिकर्मी र बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो । सो कार्यक्रममा वक्ताहरुले नेपालमा नोटबन्दीबारे मिश्रित प्रतिक्रिया दिएका थिए । कतिपय अर्थविद्ले नेपालमा नोटबन्दी आवश्यकता र औचित्य दुवै रहेको तर्क गरेका थिए भने कतिपयले यो नेपालका लागि घातक हुनसक्ने भन्दै सचेत गराएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय पिछडावर्ग (ओबीसी) महासंघका अध्यक्ष कौशल कुमार सिंहले ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ शीर्षकमा एउटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले समस्या, नेपालमा नोटको अवस्था र समाधानका विषयमा विश्लेषणात्मक सुझाव प्रस्तुत गरेका थिए ।

नेपालमा नोटबन्दीपछि उत्पन्न हुने अनेक कठिनाईका बाबजुद पनि यसले वित्तीय समावेशीकरणमार्फत सशक्तिकरणमा जाने अवसर सिर्जना गर्ने तर्क सिंहले गरेका छन् । नेपालको हकमा नोटबन्दी गर्दा अल्पकालमा धेरै चुनौती व्यहोर्नुपर्ने सम्भावना भएपनि दीर्घकालमा भने यसको सकारात्मक प्रभावबारे सहजै अनुमान गर्न सकिने उनको तर्क थियो । उनले नोटबन्दी आफैमा सही वा खराबभन्दा पनि नेपालको वर्तमान अवस्थामा त्यसको सान्दर्भिकता के कति हुन सकिन्छ भन्नेबारे गम्भीर भएर विचार गर्नुपर्ने कार्यपत्रमा उल्लेख गरेका छन् ।


कार्यक्रममा अर्थविद्  नरबहादुर थापाले नोटबन्दी नेपालको हकमा सान्दर्भिक नरहेको तर्क गरेका थिए । उनले यदि नेपालमा नोटबन्दी भयो भने हालै भएको जेन्जी आन्दोलनभन्दा पनि बढी क्षति हुने आशंका व्यक्त गरेका थिए । उनले भने, ‘जेन्जी आन्दोलनले राज्यलाई परास्त ग¥यो । यदि नोटबन्दी भयो भने त्यसभन्दा पनि विकराल अवस्था आउनेछ । नोटबन्दीले समस्या समाधान हुँदैन । त्यसो भयो भने झन् भयावह अवस्था आउँछ ।’

उनले नोटबन्दीका लागि मुलुकमा बलियो सरकार हुनुपर्ने तर्क गर्दै बलियो सरकार र त्यसका निकायहरु पनि बलियो हुनुपर्ने बताए । उनले राज्य असफल हुन थालेको र सरकार पनि बलियो नरहेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने बताए । उनले नेपालमा बलियो सरकार र त्यसका निकायहरु बलियो नभएको अवस्थामा नोटबन्दी गर्दा ब्याकफायर हुने डर रहेको बताएका थिए ।

यसैगरी, कार्यक्रममा सर्वोच्च अदालतका अधिवक्ता डा।जयमंगल प्रसाद जयसवालले नेपालमा नोटबन्दीबारे बहस हुनु सकारात्मक रहेको बताएका थिए । उनले नोटबन्दीबारे सूक्ष्म अनुसन्धान हुनुपर्ने बताएका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल-भारत वर्ल्ड डेभलपमेन्ट फोरमका अध्यक्ष मधुरेन्द्र चौधरीले नेपालमा नोटबन्दी हुँदा कालो धन र भ्रष्टाचार, नक्कली नोट नियन्त्रण, मुद्रा स्फिती नियन्त्रण र नयाँ मुद्रा प्रणाली लगायतबारे आफ्नो तर्क प्रस्तुत गरेका थिए । उनले विश्वका विभिन्न मुलुकहरुमा भएका नोटबन्दी र त्यसको प्रभावबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा विजय महासेठ, जितन यादव, दीपक गुप्ता, नरेन्द्र पासवान, प्रा।रामप्रताप यादव, पूर्वप्रहरी उपरीक्षक हजारीलाल जयसवाल, अर्थविद डा.गोपिनाथ न्यौपाने, युवा नेता महेश कलवार लगायतका व्यक्तित्वहरुले आआफ्ना तर्क प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: