भूगोल इनर्जीले आईपीओ निष्कासन गर्ने

दर्पण दैनिक १५ चैत्र २०७९,१९:५३
post

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ३२ हजार १६० कित्ता सेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने गयारी गरेको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा एक लाख आठ हजार ८११ कित्ता सेयर बाँडफाँट गरिएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता सेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० देखि ३० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । मागबमोजिम आवेदन नपरेमा आगामी वैशाख ७ गतेसम्म विक्री खुला रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङले वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ । 

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म यो कम्पनी एक लाख २३ हजार नोक्सानीमा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६७.६३ रहेको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: