काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ । साउन २४ गते बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।
जे.बि.एन.एल. सेक्युरिटिज बानेश्वर, आर.वि.वि. सेक्युरिटीज कम्पनी दरबारमार्ग, काठमाण्डौ सि.वि.आई.एल. सेक्यूरिटिज कुपण्डोलले ब्रोकर लाइसेन्स पाएका हुन् ।