काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको सिमरा उपमहानगरपालिका-२, सिमरा रोडमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै मधेश प्रदेशमा बैंकका शाखा २१ पुगेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्घाटन गरे । उनले शाखा सञ्चालनमा आएसँगै सिमरा र आसपासका वासिन्दाले सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने बताए । उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए ।
बैंकले हाल २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिंदै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google