काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरु लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अब अन्त्य हुने बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनःआवेदन विद्युतीय माध्यमबाट गर्ने भएको हो ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्र अन्त्य गर्ने अठोट गरेको थिएँ, लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’, अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौ ।’
अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्रै जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षण पनि यातायात ब्यवस्था कार्यालयसँगै प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौँ’, यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने ।
नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र लिएका छन् । उनीहरु अब नविकरण र वर्ग थपका लागि यातायात ब्यवस्था कार्यालयमा लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि अब १० वर्षमा राख्ने ब्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)




































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google