काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि आवेदन दिन मिल्ने गरी थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ । प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको हो ।
असोज ३० गतेसम्म न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google