
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । कुमारी बैंकको २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवस्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको जनाएको छ । यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा” पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पु-याएको जनाएको छ ।
विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको विज्ञप्तिमा उल्लेख छ । यस पहल मार्फत, बैंकले 'सबैका लागि सधैका लागि' भन्ने मूल उदेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google