
काभ्रे । नमोबुद्व नगरपालिकाका विभिन्न वडाहरुका बाढी तथा पहिरो पीडितलाई ब्लांकेट वितरण गरिएको छ । यही असोज १०, ११ र १२ गतेको अविरल वर्षको कारण बाढी र पहिरोले क्षति पु¥याएर घरवाहर विहीन भएका तथा पीडित बनेका परिवारलाई अस्ट्रेलिया बस्ने लक्ष्मी तामाङको सहयोगमा ब्लांकेट गरिएको हो ।
जाडो मौसमलाई मध्यनजर गरेर गरिएको ब्यांकेट वितरण कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ, प्रदेश सभा क्षेत्रीय सभापति चन्द्र लामा, जिल्ला सदस्य भोला भट्टराई, बिजय लामा, बुद्वराज लामा, सांस्कृतिक संघ काभ्रेका सभापति मिम दोङ लगायतको उपस्थितिमा रहेको थियो ।
प्रवक्ता तामाङले केही समय अगाडी नमोबुद्व नगरपालिकाका वडाहरुमा अविरल वर्षाले ज्यान गुमाएका परिवारलाई केही आर्थिक सहयोग समेत गरेका थिए ।
प्रवक्ता सन्तमान तामाङ दुखमा सँधै जनताको साथमा रहने गरेको स्थानीयले बताए ।
सो राहत वितरण कार्यक्रममा प्रवक्ता तामाङ र जिल्ला सदस्य बिजय लामाले केही संघ संस्थाहरु सँगसमेत समन्वयन गरी केही समय अगाडी खाद्यान्न लत्ताकपडा समेत बितरण गरेका थिए ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google