नयाँ एआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान

दर्पण दैनिक १७ बैशाख २०८२,१९:४२
post

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ६ जनालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को ०८२ वैशाख १५ गतेको निर्णयअनुसार चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

उनीहरूलाई आईजीपी थापाले बुधबार एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा भएका एआईजीहरूलाई सांगठनिक सुदृढीकरण तथा शुद्धीकरण र संगठनको वृहत्तर हितका लागि अझ बढी निष्पक्ष र पारदर्शी भई सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

सरकारले एआईजी खापुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, आचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, पोखरेललाई प्रशासन विभाग, कार्कीलाई मानवश्रोत विकास विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग र डा.केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी तोकेको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: