२० वटै वाणिज्य बैंक सार्वजनिक गरे वित्तीय विवरण, कुनले कति कमाए नाफा ?

दर्पण दैनिक ७ माघ २०८०,१२:२१
post

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपालमा सञ्चालित २० वटै वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  

कुन बैंककाे नाफा कति ? 

नबिल बैंक   

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसरा यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ । 

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ रहको छ । 

ग्लोबल आइएमई बैंक 

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।

राष्ट्रिय वाणिज्य बैंक 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा को २५.६८ प्रतिशत कम हो । गत आवको सो अवधिमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

एनआईसी एशिया बैंक 

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १३.६२ प्रतिशत कम हो । सो अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका थिए । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको  वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।  

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ७.८८ प्रतिशतले धेरै हो । गत वर्ष यो बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रहेको छ ।  

हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ५७.५३ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

एनएमबि बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा कम हो । त्यस अवधिमा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ९९ करोड ४८ लाख ३० हजार रुपैयाँ ऋणात्मक छ । 

कृषि विकास बैंक 

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सो अवधिमा बैंक १२ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।    

सिद्धार्थ बैंक लिमिटेड

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब १३ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको छ । यो नाफा गत गत आवको सोहि अवधिको तुलनामा २ प्रतिशत कम हो । गत आवको सो अवधिमा बैंकले १ अर्ब १६ करोड रूपैयाँ नाफा कमाएको थियो । 

सानिमा बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ११.४१ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कुमारी बैंक

कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।  

माछापुच्छ्रे बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैंकको खुद नाफा २१ दशमलव ४५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने २४ करोड ६९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा ६.९६ प्रतिशतले कम हो । गत वर्ष यो बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसअवधिमा बैंकले १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४९ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ ।   

प्रभु बैंक

प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ नाफ कमाएको छ । गत आवको सोहि अवधिको तुलनामा बैंकको नाफा ३९.९७ प्रतिशतले घटेको हो । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।  

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: