काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार सहित सबै सरोकारवालाहरूको सहभागितामा असोज मसान्तभित्र काठमाडौमा बृहद आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा आज आयोजना भएको कार्यकारिणी समितिको तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।
निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आएपनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालाहरूलाई एकै ठाउंमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले बृहद बहस आयोजना गर्न लागेको हो ।
नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा सन् २०२३–३२ लाई पर्यटन दशककारूपमा मनाइने घोषणा गरिएको छ । सरकारको उक्त प्रयासलाई समेत सहयोग पुरयाउने उद्देश्यले निजी क्षेत्रकातर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षकारूपमा मनाउन नेपाल सरकारसंग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।
नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला÷नगरमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुकासाथै महासंघ तथा यसका सदस्य संघ/संस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राखि प्रचार प्रसार गरिनेछ ।
यसैगरि ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, महासंघले सात वटै प्रदेशमा प्रदेश सरकारसंगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसंगको सहकार्यमा भारत तथा चीन केन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघका सदस्यहरूमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुकभित्रका सम्भावनायुक्त विभिन्न स्थानमा महासंघका वैठक आयोजना गर्न सुरु गरेको छ ।
ढोरपाटनको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वलाई मनन गरी त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्न सकियोस भन्ने अभिप्रायले महासंघको कार्यकारिणी समितिको बैठक त्यस क्षेत्रमा आयोजना गरिएको
हो ।
बैठकमा महासंघका पदाधिकारीहरू, प्रदेश अध्यक्षहरू, समिति तथा फोरमका सभापतिहरू, कार्यकारिणी समितिका सदस्यहरूले आआफना धारणा राख्नुु भएको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google