पर्यटन सहकारी संघ ललितपुरको साधारणसभा सम्पन्न

दर्पण दैनिक २२ पुष २०८०,२०:३१
post

सन्तोष दहाल, ललितपुर । जिल्ला पर्यटन सहकारी संघ लिमिटेड ललितपुरको प्रथम देखि नवौँ साधारणसभा सम्पन्न भएको छ ।आईतबार केन्द्रीय पर्यटन सहकारी संघका अध्यक्ष रामशरण शर्माको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

विगत लामो समयदेखी गठन भएर पनि निष्क्रिय अवस्थामा रहेको जिल्ला पर्यटन सहकारी संघको गत मङ्सिर २३ गते सम्पन्न विशेष साधारणसभाबाट रुपेश तिमल्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिती तथा लेखा सुपरीवेक्षण समिती गठन भएसँगै संघले आफ्ना कारोबार र गतिविधिहरुलाई अगाडि बढाएको छ । 

सोमबारको साधारणसभामा बोल्दै अध्यक्ष तिमल्सिनाले अबका दिनमा कार्यालय सञ्चालन,व्यवसाय दर्ता प्रक्रिया अगाडि बढाउनुको साथै यसै आर्थिक वर्षमा संघको रणनीतिक योजना तर्जुमा गरि संस्था सञ्चालनको लागि आवश्यक कार्यविधी बनाएर अघि बढ्ने बताए । साथै संघमा आबद्ध संस्थाहरुसंग त्रैमासिक रुपमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, संस्थाका सदस्य,सञ्चालक लेखा कर्मचारीहरुलाई नेतृत्व क्षमता विकास सम्बन्धी तालिम,नीति विधि, प्रविधी मैत्री संस्था सन्चालनको लागि योजना बनाई कार्यान्वयनमा ल्याउने उनको भनाई छ ।


कार्यक्रममा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीले संघलाई शुभकामना व्यक्त गरे । केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले पनि शुभकामना व्यक्त गर्दै आफुहरु पर्यटन सहकारी संघ संग सहकार्य गरेर जान तयार रहेको बताए । 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँले आफुहरु पर्यटन सहकारी संघलाई सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए । केन्द्रिय पर्यटन सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले शुभकामना व्यक्त गर्दै लामो समयदेखी निष्क्रिय रहेको संघलाई सक्रिय बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिँदै सहकारीलाइ पर्यटन विकाससँग जोडेर लैजान सुझाव दिए ।

जिल्ला पर्यटन सहकारी संघमा हाल १४ वटा प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन्, भने संघ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, बाग्मती प्रदेश सहकारी संघ, नेपाल केन्द्रीय पर्यटन सहकारी संघ र जिल्ला सहकारी संघ ललितपुरमा आबद्ध रहेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: