काठमाडाैं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौता बिहीबार जयोति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच भएको छ ।
ललितपुरको धोबीघाटस्थित कालंगा हाइड्रोको कार्यालयमा भएको कार्यक्रममा कालंगा हाइड्रोका तर्फबाट सञ्चालक तीर्थराज चटौत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google