२५ रुपैंया मासिक बचतबाट थालनी भएको तौडोलछाप सहकारीकाे कुल पूँजी १२ करोड ८ लाख पुग्याे

दर्पण दैनिक १६ पुष २०८०,०७:५३
post

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा  समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए । बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको थियो ।


३० जना बचत कर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पूँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंया रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ । नेपालमा नै वनको आधारमा सामुदायिक वन कर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पूजीँ १५ करोड भन्दा बढी पुञ्याउने लक्ष्य रहेको जनाएको छ ।


सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताउनुभएको थियो । जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्या ग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उनले बताए ।  


साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेत, गणेश माविका प्रबन्धक रवीन्द्र कुमार थापा, टोल सुधार समिति खानेपानी समितिहरू तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्रकुमार थापाले गरे ।

साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: