
काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को ३२ औँ साधारणसभा तथा अधिवेसनमा यहि भदौ २८ गते हुने भएको छ । निर्वाचन समितिका अनुसार ३ पदको लागि चुनाव हुने भएको छ, भने महासचिवसहित १० जना निर्विरोध निर्वाचित भएका छन् ।
फ्यानको विधान बमोजिम कार्यकारिणी समितीको आगमी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन पक्रिया अगाडि बढाएको थियो । जसमा बिभिन्न पदका लागि मिति २०८१ भाद्र २४ गते रित पूर्वक दर्ता हुन आएका उम्मेद्वारी मनोनयन पत्र उपर दावी बिरोध, उजुरी तथा उम्मेद्वारी फिर्ता गर्न चाहेमा २०८१ भाद्र २५ गते मंगलबार दिनको १ बजे भित्रको समय तोएिको थियो ।
सो अवधि भित्र कसैको पनि दाबी, बिरोध, उजुरी तथा उम्मेद्वारी फिर्ता नभएकोले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पद बाहेकका पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत त्रिलोक बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा भने निर्वाचन हुने भएको छ । जस अन्तरगत अध्यक्षमा हालका अध्यक्ष मीन बहादुर तमाङ्ग र दिलीप बादेको उम्मेदवारी परेको छ, भने बरिष्ठ उपाध्यक्षको लागि राजेश भक्त श्रेष्ठ र सिताराम पन्तको उम्मेदवारी परेको छ । उपाध्यक्षमा राम बहादुर तामाङ्ग (सुनिल) र बिश्वमणि पोख्रेलको उम्मेदवारी परेको छ ।
यता महासचिव, सचिव र कोषाध्यक्ष सहित सात सदस्यीय कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका छन् । महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाइ निर्विरोध भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कृष्णराम थापा, इन्द्र कुमार श्रेष्ठ, सुमन महर्जन, मन्दिर श्रेष्ठ, उतम तिमिल्सिना , रन्जिता जिमि र कमल लामा चयन भइका छन् ।
निर्वाचन अधिकृत त्रिलोक बस्नेतका अनुसार भाद्र २८ गते शुक्रबार, क्वालिटी ब्रङ्कवेट बुद्धनगरमा ३२औँ बार्षिक साधारण सभाको बन्द सत्र सकिन साथ निर्वाचन हुने गरि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)


















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google