काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ। रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मिडिया टेक डाईमेन्सिटी ६१०० र १२८ जिबीसम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको छ।
क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताहरूले यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्नेछन्। त्यसै गरी प्रविधी प्रेमी तथा ट्रेन्डसेटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ। आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामरा र धेरै समयसम्म टिक्ने ब्याट्री सहित आएको रियलमी नार्जो एन ६१ ले नेपाली प्रयोगकर्ताहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ।
यस बारे बोल्दै रियलमीका हेड अफ स्ट्राटिजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘रियलमी सि ६७ ५जी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौँ। ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिमा पहुँच पुर्याउने छ। त्यस्तै गरी एन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ। मेटल, फोम, सिलिकोन लगायतका एडभान्स्ड सामाग्रीहरु प्रयोग गरेर बनाइएका ८ वटा विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन दिइएको यस नार्जो एन ६१ स्टील जत्तिकै टफ रहेको छ। त्यसैले यो काम, मनोरन्जन र अन्य हरेक प्रयोगको लागि अत्यन्तै उपयुक्त छ।’
उत्कृष्ट फोटोग्राफी
रियलमी सि ६७ ५जी मा यस सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र एडभान्सड् इमेजिङ सफ्टवेयर समावेश रहेको ५० मेगापिक्सेलको क्यामरा रहेको छ भने नार्जो एन ६१ को ३२ एमपिको सुपर क्लियर क्यामराले डिटेल्ड र सटिक रङहरू सहित शार्प र जीवन्त शटहरू खिच्न सक्छ। रियलमी सि ६७ ५जी क्यामराका अन्य विशेषता भनेको ३ एक्स जुम सेन्सर हो जसल विभिन्न कोणबाट डिटेल्स सहितको तस्बिरहरू खिच्न मद्दत गर्दछ। साथै ४ इन वान पिक्सेल बिनिङ प्रविधि र एडभान्स्ड सेन्सर हार्डवेर भएकोले नार्जो एन ६१ बाट खिचिएका हरेक तस्विरहरु उत्कृष्ट हुने कम्पनीले जानकारी दिएको छ। यी दुवै फोनमा भएको नाइट मोडले प्रयोगकर्ताहरूलाई कम उज्यालोमा पनि डिटेल्स सहितको र स्पष्ट फोटोहरु खिच्न सजिलो बनाइदिन्छ।
पर्फर्मेन्स
रियलमी सि ६७ ५जी मा मीडियाटेक डाईमेन्सिटी ६१०० उपलब्ध रहेको छ जसले २ गिगाहर्जसम्मको सिपियु क्लक स्पीडमा उत्कृष्ट प्रदर्शन र सहज प्रयोग अनुभव प्रदान गर्दछ। त्यस्तै गरी नार्जो एन ६१ मा पावरफुल अक्टा कोर चिपसेट उपलब्ध रहेको छ। रियलमी सि ६७ ५जी स्मार्टफोनमा ६ जिबी डाइनामिक र्याम सम्मको स्टोरेज उपलब्ध छ जसले धेरै एप्सहरु एकै साथ चलाउन सहयोग पुर्याउँछ भने नार्जो एन ६१ मा चै ४८ महिनाको फ्लुएन्सी अस्योरेन्स सहित आउने र प्रयोगकर्ताहरुले कुनै पनि ल्याग बिना ४ वर्ष सम्म चलाउन सक्नेछन र ४+६४ जीबी भेरियन्टमा नार्जो एन ६१ उपलब्ध रहेको छ।
डिजाइनमा नयाँ बेन्चमार्क
रियलमी ६७ ५जी को डिजाइनले सुन्दरता र प्रयोगलाई एकसाथमा ल्याएको छ। त्यस्तै नार्जो एन ६१ मा बिल्ड टफ भए पनि स्लीक, स्लिम र हल्का डिजाइन देख्न पाइन्छ। रियलमी सि ६७ ५जी मा ७.५९ एमएमको स्लिम बडीले गर्दा ठुलो ब्याट्री भएको भएपनि बोक्न सहज छ। त्यस्तै रियलमी नार्जो एन ६१ जम्मा ७.४ एमएम रहेको छ भने नार्जो एन ६१ को तौल पनि १७ ग्राम मात्र रहेको छ जसले गर्दा यो फोन हरेक दिन प्रयोग गर्न निकै सहज छ।
रियलमी सि ६७ ५जी मा ६.७२ इन्चको डिस्प्लेले उत्कृष्ट भिजुअल प्रदान गर्दछ र नार्जो एन ६१ मा ९० हर्जको आइ कम्फर्ट डिस्प्ले भएको हुनाले लामो समयसम्म फोन चलाउँदा पनि असहज हुँदैन। रियलमी सि ६७ ५जी स्मार्टफोनमा डुअल स्टेरियो स्पिकर्सले १००% भोलुम बढाउँछ भने यसमा रहेको मिनी क्याप्सुल २.० ले आकर्षक नोटिफिकेसन कन्ट्रोल पनि प्रदान गर्छ तथा नार्जो एन ६१ मा भएको रेन वाटर स्मार्ट टच फिचरले गर्दा भिजेको हातले पनि फोन आरामसँग चलाउन सकिन्छ।
ब्याट्री र चार्जिङ
रियलमी सि ६७ ५जी मा ५००० एमएचको शक्तिशाली ब्याट्रीको साथमा ३३ वाटको सुपरभोक चार्जिङ उपलब्ध रहेको छ साथै रियलमी नार्जो एन ६१ मा सिङल चार्जमा नै ३० घण्टा सम्म भ्वाइस कल गर्न मिल्छ। त्यसैले यो दुबै स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न सकिन्छ भने यो छिटै चार्ज गर्न पनि सकिन्छ।
अन्य आकर्षणहरू
रियलमी सि ६७ ५जी वाटर, डस्ट, र स्प्ल्यास रेजिस्टेन्ट छ। यस स्मार्टफोनमा एनएफसी र फास्ट साइड फिङगरप्रिन्ट पनि उपलब्ध छ। त्यसैगरी यसमा ३ वटा कार्ड स्लटका साथै उपलब्ध रहेको छ जसमा २ वटा सिम कार्ड र २ टिबीसम्मको माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ।
मूल्य तथा उपलब्धता
डार्क पर्पल रंगमा उपलब्ध रियलमी सि ६७ ५जी को मूल्य रु २१,९९९ (६+१२८ जिबी) रहेको छ भने भोयाज ब्लुमा उपलब्ध नार्जो एन ६१ को मूल्य १३,४९९ रुपैयाँ (४+६४ जिबी) रहेको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google