काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कालिकोटका दुईसहित सात स्थानमा नयाँ औद्योगिक ग्राम बनाउने निर्णय भएको हो ।
कहाँ कहाँ ?
रास्कोट नगरपालिका-६ कालीकोट
नरहरिनाथ गाउँपालिका-२ कालीकोट
राप्तीसोनारी गाउँपालिका-४ बाँके
रम्भा गाउँपालिका-३ पाल्पा,
शीतगंगा गाउँपालिका-१३ अर्घाखाँची
जगरनाथपुर गाउँपालिका-५ पर्सा
महागढीमाई नगरपालिका-५ बारा
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरेको छ । बैठकले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।