
काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् । राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ । ‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको छ ।’
नीतिगत दर र बैंकदर घटाइयो
नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ । मौद्रिक नीति २०८१/0८२ सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।
नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ । बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google