फूल खेती प्रर्वद्धनकालागि सहयोग गर्ने सूर्योदयका नगर प्रमुख राईको प्रतिवद्धता

दर्पण दैनिक १ पुष २०८०,१६:२६

फ्लोरिक्लचर एसोसिएन नेपाल (फ्यान) इलाम शाखाको दोश्रो साधारण सभा सम्पन्न

post

इलाम । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले फूल खेती प्रर्वद्धनका लागि नगरपालिकाबाट सहयोग गर्ने बताएका छन् ।  फ्लोरिक्लचर एसोसिएन नेपाल (फ्यान) इलाम शाखाको दोश्रो साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख राईले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र फूलमा आत्मनिर्भर हुन नगरपालिकाबाट सहयोग गर्ने बताएका हुन् । उनले भने, ‘नेपाली उत्पादनलाई प्रोत्साहन गरेर भारतबाट आयात हुने फूल प्रतिस्थापन गर्नुपर्छ ।’ 

फ्लोरिक्लचर एसोसिएन नेपाल (फ्यान)को इलाम शाखाकी अध्यक्ष सावित्री देवी राईको अध्यक्षतामा भएको कार्यक्रममा फ्यानका केन्द्रीय अध्यक्ष मीन बहादुर तामाङले नेपालमा फूल व्यवसायीहरुको अवस्था तथा उत्पादनबारे जानकारी दिए । उनले तीनै तहका सरकारबाट फूल खेती तथा बजारीकरणमा प्रोत्साहन सहयोग हुनुपर्ने बताए । 

उनले फ्लोरिकल्चर क्षेत्रमा ७ अर्व लगानी रहेको बताए । गत आर्थिक वर्षमा ३ अर्ब ७ करोडको फूलको व्यापार भएको उनले बताए । उनले फुल क्षेत्रमा सक्रियताका कारण ९० प्रतिशत नेपालको उत्पादन खपत भइरहेको बताउदैं तामाङले कोभिड अघि नेपालबाट १९ करोडको फुल निर्यात भएकोमा हाल ६८ लाखको मात्र नेपाल बाहिर गएको जानकारी दिए ।


सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसनका केन्द्रीय सदस्य कृष्णराम थापा, सूर्योदय नगर कृषि शाखा प्रमुख सीमा कार्की, फ्लोरिकल्चर एसोसिएनका इलाम सल्लाहकार हिमान तामाङ, पत्रकार नमीन ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन इलाम शाखाकी सचिव रञ्जिता जिमी याक्खाले गरेकी थिइन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: