चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूकाे नाफा कति ?

दर्पण दैनिक २८ चैत्र २०८०,१५:२९
post

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड ६० लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार बैंकहरूले सो नाफा गरेका हुन् । जुन माघ महिनाको तुलनामा करिब २० प्रतिशत बढी हो । माघसम्म बैंकहरूले ३५ अर्ब बढी नाफा गरेका थिए ।

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिलले फागुनसम्म ४ अर्ब ७२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । नाफमा दोस्रो ग्लोब आइएमई बैंक देखिएको छ । ग्लोबलले फागनुसम्म कुल ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा गरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।


अन्य ६ वटा बैंकबीच भने तेस्रो हुनका लागि प्रतिस्पर्धा देखिएको छ । थोरै रकमका आधारमा अहिले प्राइम कमर्सियल बैंक नाफामा अगाडि देखिएको छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । यो बैंक मर्जरबिनै अन्य बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

यस्तै, नाफा बढी गर्ने प्रतिस्पर्धामा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि रहेका छन् । यी बैंकले क्रमशः २ अर्ब ८७ करोड ७० लाख, २ अर्ब ८० करोड ४० लाख, २ अर्ब ५४ करोड २० लाख, २ अर्ब २९ करोड, ३० लाख र २ अर्ब ८ करोड ९० लाख रुपैयाँ नाफा गरेका छन् ।

झिनो रकममा यी बैंक अगाडि/पछाडि भएपनि तेस्रो स्थानका लागि भने यी ६ वटै बैंकको प्रतिस्पर्धा देखिएको छ । एभरेष्ट बैंक पनि मर्जर बिनै ठूला बैंकसँग बिजनेसमा प्रतिस्पर्धा गरिरहेको छ ।

आठ महिनाको अवधिमा कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६० लाख, हिमालयनले १ अर्ब ९४ करोड ८० लाख, एनएमबिले १ अर्ब ९२ करोड ५० लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड, सिद्धार्थले १ अर्ब ६९ करोड ६० लाख, सानिमाले १ अर्ब ६६ करोड ४० लाख, प्रभुले १ अर्ब ५१ करोड ४० लाख, कुमारीले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, नेपाल बैंकले १ अर्ब २८ करोड २० लाख, सिटिन्सले १ अर्ब २२ करोड ६० लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ८० लाख रुपैयाँ नाफा गरेको हो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: