काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । १७ औं वाणिज्य बैंकको रुपमा २०५९ पुस ९ गते स्थापना भएको बैंकले स्थापनाको २१औँ वर्ष पुरा गरेको हो । बैंक सञ्चालनको २१ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकले वार्षिकोत्सव सम्पन्न गरेको हो ।
बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्ष सम्मको यात्रालाई समेटि तयार पारेको ‘कफी टेबल बुक’ सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रम बैंकले आफ्ना पूर्व सञ्चालक समितिका सदस्य एवं पूर्व प्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पुरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको थियो ।
त्यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि बताएको छ ।
डिजिटल बैंकिगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । उक्त अवसरमा बैंकले देशका विभिन्न स्थानहरु,काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभाव एवं स्थानीयवासी गरी २९६ जना रक्तदाताहरुको सहभागिता रहेको थियो पनि विज्ञप्तिमा उल्लेख छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google