
ललितपुर । बाग्मती गाउँपालिका ५ इकुडोलका प्रेम भोम्जनकी ६ वर्षीय छोरी जेनिशा भोम्जन यतिबेला ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेकी छिन् । भोम्जनको यतिबेला भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
दु:खका साथ ज्यालामजदुरी गरेर परिवार पालिरहेका भोम्जनको आर्थिक अवस्थाले जेनिशाको उपचार गराउनसक्ने अवस्था छैन । यद्यपि उनलाई जसरी पनि उपचार गरेर छोरीलाई निको पार्नैपर्ने चुनौती छ । यतिबेला उनको उपचारको लागि विभिन्न ठाउँमा सहयोगको लागि सम्बन्धितले आग्रह गरिरहेका छन् ।
यसैबीच बिहीबार जेनिशाको उपचारको लागि केही आर्थिक सहयोग उपलब्ध गराईएको छ । रोटरी क्लब अफ महाबौद्धमा आबद्ध रोटरियनहरुबाट सङ्कलित रु ५० हजार ६ सय तथा धापाखेल स्थित रिजेन्ट स्कुलको इन्ट्र्याक्ट क्लव अफ रिजेन्टका विद्यार्थीहरुबाट सङ्कलित रु १० हजार १ सय ५० गरी कुल ६० हजार ७ सय५० रुपैयाँ जेनिशाका बाबू प्रेम भोम्जनलाई अस्पतालमै पुगी हस्तान्तरण गरिएको हो ।
लामो समयदेखी समाजसेवामा तल्लीन रहेको विश्वव्यापी संस्था रोटरी इन्टरनेशनल अन्तर्गतको रोटरी क्लव अफ महाबौद्धका वर्तमान प्रेसिडेन्ट वीरङना महर्जन,पास्ट प्रेसिडेन्ट गुप्त राना,प्रेसिडेन्ट नोमिनी नवराज सञ्जेल, कोषाध्यक्ष गोपाल प्रसाद घिमिरे तथा इन्न्ट्र्याक्ट क्लव रिजेन्ट स्कुल धापाखेलका प्रतिनिधिहरुको सहभागितामा उक्त सहयोग रकम उपलब्ध गराईएको हो ।
'यस पवित्र मानवीय कार्यमा रोटरी क्लव अफ महाबौद्धका अधिकांश सदस्यहरुले सहयोग गर्नुभएको छ । नानीको पूर्ण उपचारको लागि सबैमा म अनुरोध गर्न चाहान्छु ।' रोटरी क्लव अफ महाबौद्धका प्रेसिडेन्ट नोमिनी नवराज सञ्जेलले भने ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google