काठमाडौं । गत वर्षको भ्यालेन्टाइन्स डे (प्रणय दिवस) काे तुलनामा यस वर्ष १८.३९ प्रतिशत बढी गुलाब फूल खपत भएको छ । माघ २४ मा ‘रोज डे’ मनाउँदै सुरु भएको भ्यालेन्टाइन्स डे मा यस वर्ष ४ लाख १२ हजार स्टिक गुलाब फूल खपत भएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएकाे छ ।
गत वर्ष ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत भएको थियो । माघ २४ मा सुरु भई फागुन २ मा सकिएकाे प्रेम दिवस अवधिभर ४ करोड रुपैयाँभन्दा बढीको गुलाबको कारोबार भएको एसोसियसनले जनाएकाे छ ।
यस वर्ष ३ लाख ५० हजार स्टिक गुलाब फूल खपत हुने अनुमान गरिएकोमा ४ लाख १२ हजार स्टिक फूल खपत भएको एसोसियसनका अध्यक्ष मिनबहादुर तामाङले बताए । फूलको गुणस्तर अनुसार प्रति स्टिक गुलाब फूलको ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म कारोबार भएको एसोसियसनले जनाएको छ । यस वर्ष ८.५० प्रतिशत आन्तरिक र ९१.५० प्रतिशत गुलाब फूल खपत भएको छ ।
प्रेम दिवसको लागि हुने जम्मा बजार मागको भण्डै ६० प्रतिशत काठमाडौ उपत्याकामा र ४० प्रतिशत अन्य शहरमा खपत हुने गरेको छ । चाडपर्व बाहेकको सामान्य दिनमा पनि मुलुकमा दैनिक ८ देखि १० हजार स्टिक गुलाब फूलको माग रहेको एसोसियसनले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google