
काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गरेकाे छ । बोर्डले बुधबार आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
अब दोस्रो बजारबाट लगानीकर्ताले शेयर खरिद गर्दा बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुनेछ । हाल लगानीकर्ताहरुले २५ प्रतिशत अग्रिम भुक्तानी बुझाएर शतप्रतिशत शेयर कारोबार गर्दै आएका छन् ।
अब भने धितोपत्र बोर्डले यो व्यवस्था अघि बढाएमा आफूसँग भएको रकम बराबरको मात्रै शेयर कारोबार गर्न पाउनेछन् । धितोपत्र बोर्डले भनेको छ,‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गरिनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google