काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोल डिजेल लगायतको मूल्य घटेर आएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ रुपैयाँ ३३ पैसा र डिजल लिटरमा ४ रुपैयाँ ११ पैसा मूल्य घटेर आएको छ ।
हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल भारत सम्झौता छ। जस अनुसार नयाँ मूल्य आएको हो ।
नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ ।
अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर र डिजेलमा १६५ रुपैयाँ प्रतिलिटर कायम छ। यही मूल्य कायम रहेमा नियमको नाफा प्रति १५ दिनमा १ अर्ब नाघ्ने छ ।