सामसङको ग्यालेक्सी एस–२४ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

दर्पण दैनिक १३ माघ २०८०,१५:४१
post

काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी एस–२४ सिरिज सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँको मेरियट होटलमा एक औपचारिक कार्यक्रमकाबीच यो सिरिज रिलिज गर्दै कम्पनीले ‘नयाँ युग’ को सुरुवात भएको बताएको छ । साथै, कम्पनीले यो सिरिजलाई ‘मोबाइल एआई’को नयाँ युगको औपचारिक घोषणा भएको बताएको छ। गत माघ ३ मा ग्लोबल अनप्याकपछि सामसङले मोबाइल उपकरणहरूमार्फत् विश्वसँग अन्तक्रिया गर्ने तरिकालाई परिवर्तन गरिदिएको कम्पनीको दाबी छ । 


यस फोनलाई भविष्यको फोनको रुपमा ब्याख्या गर्दै कम्पनीका निर्देशक प्रणय रत्न स्थापितले पहिलो पटक एआई सञ्चालिन फोन सार्वजनिक भएको बताए । ‘हाम्रो पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्छ,’ उनले भने, ‘आज हामी एउटा नयाँ अध्याय खोल्दैछौं, जहाँ मानवीय क्षमतालाई मुक्त गर्न कुनै बाधाविना छैन ।’

कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सो सिरिजको अनावरण गरेका थिए ।  ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनहरू प्रस्तुत गर्ने एक्सपिरिएन्स जोनमार्फत उपस्थित अतिथिहरूले ‘नयाँ युग’ को पहिलो अनुभव पनि गरेका थिए। पछिल्लो समय एआईलाई जीवनमा ल्याउन चाहने सबै यो अनुभवबाट प्रभावित भएको कम्पनीले बताएको छ । 

एआई ले ग्यालेक्सी एस २४ सिरिलाई इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रांस्लेसनको साथ रुकावट बिनाको कुराकानी देखि ग्यालेक्सीको प्रोभिजुअल इन्जिनको सहित सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बढाउनसक्ने सम्भावना र कुनै पनि प्रकारको जिज्ञाशाहरु सर्च गर्ने अथवा पत्ता लगाउने तरिका परिवर्तन गर्दै नयाँ स्टान्डर्ड सेट गरेको जनाइएको छ ।


रुकावट बिनाको कुराकानी

दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रांस्लेटको साथ मो ग्यालेक्सी एस २४ सिरिजले फोन कलको वास्तविक–समयमा नै बाइल फोनको संचारको तरिका लाई नै पुनः परिभाषित गरिदिएको छ । इन्तेर्प्रेटरसँग कुराकानीहरु तुरुन्तै स्प्लिट स्क्रिन भ्युमा ट्रांस्लेट गर्न सकिन्छ ।

यसले डाटा वा वाई–फाई बिना पनि काम गर्दछ । मेसेज र अन्य एपहरुका लागि च्याट असिस्टले उदेश्य अनुसारको कुराकानीको टोनलाई सुनिश्चित गर्न मद्दत गर्न सक्छ । सामसङ किबोर्डमा निर्मित एआईले १३ भाषाहरूमा सन्देशहरू वास्तविक समयमा अनुवाद गर्न सक्छ । गाडीमा, एन्ड्रोइड अटोले स्वचालित रूपमा आगमन सन्देशहरू संक्षेप गर्नेछ र सान्दर्भिक जवाफ र कार्यहरू सुझाव दिन्छ ।

सामसङ नोट्स मा भएको नोट अस्सिस्टले एआई जेनरेटेड सारंश उपलब्द गराइ आफूले चाहेको फम्र्याटमा पनि राखिदिनेछ । भ्वाइस रेकर्डिंगका लागि, धेरै जना बोलिरहेको बेला पनि, ट्रांस्क्रिप्ट अस्सिस्टले एआई र स्पीच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरि सारांश ट्रान्सक्राइब गरी रेकर्डिङहरू अनुवाद गर्नसकिनेछ ।

ग्यालेक्सी एस २४ ले पहिलो पटक कुनै अरु मोबाइल फोनमा नभएको सर्कल टु सर्च ल्याउँदै गुगल मार्फत खोज गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ । प्रयोगकर्ताहरुले ग्यालेक्सी एस २४ को स्क्रिनमा सर्कल, हाइलाइट, स्क्रिबल वा ट्याप गरि उच्च गुणस्तरको परिणामहरु प्राप्त गर्न सक्नेछन ।


सिर्जनात्मक स्वतन्त्रता

ग्यालेक्सी एस२४ सिरिजको प्रोभिजुअल इन्जिन एआई संचालित उपकरणहरूले हो । जसले फोटो खिच्ने क्षमताहरूलाई बढाउँदै ग्राहकहरुको रचनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउँदछ । ग्यालेक्सी एस २४ अल्ट्रामा क्वाड टेले सिस्टम अब नयाँ ५ एक्स अप्टिकल जुम लेन्सको साथ आउँछ जसले ५० एमपी सेन्सरसँग काम गर्दछ । २ एक्स, ३ एक्स, ५ एक्स देखि १० एक्ससम्म जुम गर्न सकिन्छ ।

एडप्टिभ पिक्सेल सेन्सरले गर्दा फोटोहरुमापनि विस्तारित डिजिटल जुमले गर्दा १०० एक्समा पनि स्पष्ट परिणामहरू देखाउँछ ।

अपग्रेड गरिएको नाइटोग्राफी क्षमताहरूसँग, ग्यालेक्सी एस २४ स्पेस जुममा खिचिएका तस्बिरहरू र भिडियोहरू जुनसुकै अवस्थामा पनि उत्कृष्ट हुन्छन् । ग्यालेक्सी एस २४ अल्ट्राको ठूलो पिक्सेल आकार, अहिले १.४ युएम, ६० प्रतिशत ठूलो छ । जसले मधुरो अवस्थामा पनि स्पष्ट फोटो खिच्न मद्दत गर्दछ । फराकिलो अप्टिकल इमेज स्ट्याबिलाइजर ले जस्तो सुकै अवश्तामा पनि फोटोहरु धमिलै हुनबाट जोगाउँछ । अगाडि र पछाडिका दुवै क्यामेराहरु आवाज कम गर्न समर्पित आईएसपी ब्लक सँग सुज्जित छन् ।

नयाँ इन्स्टान्ट स्लो–मो ले थप विस्तृत लुकका लागि एक्शन–प्याक क्षणहरूलाई सहज रूपमा ढिलो गर्न मूवमेंट हरुआधारित अतिरिक्त फ्रेमहरू उत्पन्न गर्न सक्छ । सुपर एचडीआरले शटर थिच्नु अघि पूर्वावलोकनहरू देखाउँछ ।

इन्टेलिजेन्ट र शक्तिशाली अनुभव

ग्यालेक्सी एस२४ अल्ट्रामा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सज्जित छ । जसले अविश्वसनीय रूपमा कुशल एआई प्रशोधनका लागि उल्लेखनीय एनपीयु सुधार प्रदान गर्दछ । सबै तीनवटा ग्यालेक्सी एस२४ मोडेलहरूमा, १–१२० एचजेड अनुकूली रिफ्रेस दरहरूले कार्यसम्पादन दक्षता सुधार गर्दछ ।

ग्यालेक्सी एस २४ अल्ट्रामा १.९ गुणा ठुलो भापोर च्याम्बर आउँछ । जसले यन्त्रको सतहको तापक्रममा सुधार गर्दै दिगो कार्यसम्पादन शक्तिलाई अधिकतम बनाउँछ । रे ट्रेसिङले उत्कृष्ट छाया र प्रतिबिम्ब प्रभावको साथ जीवन–जस्तै दृश्यहरूलाई सक्षम बनाउँछ । ग्यालेक्सी एस२४ ले २६ सय नटि शिखर ब्राइटनेसमा पुग्छ, यसलाई अहिलेसम्मकै सबैभन्दा चम्किलो ग्यालेक्सी स्मार्टफोन बनाएको कम्पनीको दाबी छ ।

एडभान्सड सुरक्षा र गोपनीयता

महत्वपूर्ण जानकारी सुरक्षित गर्न र एड्–टु–एड् सुरक्षित हार्डवेयरको लागि ग्यलाक्सी एस २४ मा सामसङ नक्स जडित छ । यसले रियल–टाइम खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा सुनिश्चित गर्दछ । ग्यलाक्सी एस २४ प्रयोगकर्ताहरूसँग तिनीहरूले आफ्नो डेटालाई ए आई अनुभवहरू वृद्धि गर्न कति अनुमति दिन्छन् भन्ने कुरामा एडभान्सड इन्टेलिजेन्स सेटिङहरू मार्फत पूर्ण नियन्त्रण हुन्छ । जसले ए आई सुविधाहरूको लागि डाटाको अनलाइन प्रशोधनलाई असक्षम पार्न सक्छ ।

ग्यलाक्सी एस २४ नक्स भल्ट, सेक्युरिटी र प्राइभेसी ड्यासबोर्ड, अटो ब्लकर, सेक्योर वाइफाइ, प्राइभेट सेयर, मेन्टेनेन्स मोड र थप लगायतका नवीन सुरक्षा र गोपनीयता सुविधाहरू भएको सामसङको विस्तृत सूचीबाट पनि सुरक्षित छ ।


मूल्य

ग्यलाक्सी एस २४ को मूल्य १ लाख ९९ हजार ९९९ रुपैँया, ग्यलाक्सी एस २४ अल्ट्राको १ लाख ८४ हजार ९९९ रुपैयाँ, ग्यलाक्सी एस २४ प्लसको १ लाख ४२ हजार ९९९ रुपैयाँ र ग्यलाक्सी एस २४ बेस को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ कामय गरिएको छ ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा नयाँ फोनलाई ० प्रतिशत ब्याज दरमा सजिलो ई एम आइमा प्राप्त गर्न सकिनेछ । प्रक्रिया झन्झट मुक्त र सम्भवतः १ घण्टा भित्र पसलबाट नयाँ ग्यालेक्सी एस २४ को साथ बाहिर निस्कने कम्पनीले जनाएको छ ।

सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: