काठमाडौं । ग्लोबल आईएमई बैंक व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उसले साढे ३ खर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ । पुस मसान्तसम्म बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।
यो अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६.५७ प्रतिशत घटी हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ ।
३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ । यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google