काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो। नाडा अटो शो शुभारम्भ भएसँगै अर्थमन्त्री विष्णु पौडेलद्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो।
सीजी मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो। यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। यसपालीको नाडा अटो शो मा नेटा, एक्सपेङ, अवतार, एइओन, रिडारा र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल रहेका छन् ।
सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार ११ मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगन, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सिएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो।
अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयुभि हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार ११मा १ सय ९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र १ सय १६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले नाडा अटो शो को स्टल नम्बर एच ज्ञघ मार्फत थप जानकारी पाउन सक्नेछन् ।
नाडा अटो शो को स्टल नम्बर जी१२ मा मा रहेको एक्सपेङ सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो । एक्सपेङ को जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ । १ सय ९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी ६ ले २ सय ५१ किलोवाट सम्मको डिसि फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google