अघिल्लो वर्ष भन्दा याे वर्ष १३ प्रतिशत कम धान रोपाइँ, देशभर १३ लाख ७८ हजार हेक्टरमध्ये ११ लाख ५६ हजारमा रोपाइँ

दर्पण दैनिक २० श्रावण २०८२,०९:३९
post

काठमाडौं । देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, साउन १८ गतेसम्म देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म ९६.४७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष अधिकांश प्रदेशमा अघिल्लो वर्षको तुलनामा रोपाइँ कम भएको तथ्यांक छ । मनुसन चाँडै भित्रिए पनि समयमै पानी नपर्दा देशभर राम्रोसँग रोपाइँ हुन पाएको छैन ।

मन्त्रालयका अनुसार, कोसी प्रदेशमा साउन १८ सम्म ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कुल दुई लाख ७६ हजार ३८६.७३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये दुई लाख ४६ हजार ६५.४४ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्षको साउन २० सम्म कोसीमा प्रदेशमा ९५ प्रतिशत रोपाइँ भएको थियो ।

मधेस प्रदेशमा साउन १८ सम्म जम्मा ५७.२८ प्रतिशत रोपाइँ भएको छ । कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमध्ये दुई लाख १३ हजार ४३८.९५ हेक्टरमा रोपाइँ सकिएको छ । अघिल्लो वर्ष साउन २० सम्म मधेसमा ९५.२८ प्रतिशत रोपाइँ भएको थियो ।

वाग्मती प्रदेशमा यस वर्ष ९२.९२ प्रतिशत रोपाइँ भएको छ । कुल एक लाख १५ हजार ६२१.२५ हेक्टर क्षेत्रफलमध्ये एक लाख सात हजार ४३४.२७ हेक्टरमा रोपाइँ भएको तथ्यांक छ । अघिल्लो वर्ष साउन २० सम्म वाग्मतीमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा यस वर्ष ८८.९७ प्रतिशत रोपाइँ भएको छ । कुल ९४ हजार १८२ हेक्टर क्षेत्रफलमध्ये ८३ हजार ७९४.२ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष गण्डकी प्रदेशमा साउन २० सम्म ९६ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा यस वर्ष ९५.९६ प्रतिशत रोपाइँ भएको छ । कुल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ९९ हजार ७०८ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म उक्त प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा यस वर्ष ९६.४७  प्रतिशत रोपाइँ भएको छ । कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४.९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष ९९.७२ प्रतिशत रोपाइँ भएको छ । कुल एक लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमध्ये एक लाख ५७ हजार ६५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म सतप्रतिशत रोपाइँ भएको थियो ।

देशभर यस वर्ष कुल १३ लाख ७८ हजार ९६६.९८ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ११ लाख ५६ हजार ६८७.८ हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ८३.८८ प्रतिशत हो । अघिल्लो वर्ष साउन २० सम्मको तथ्यांकअनुसार देशभर ९६.४७ प्रतिशत रोपाइँ भएको तथ्यांक छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: