काठमाडौं । नबिल बैंकले दिर्घकालीन हाउजिङ कर्जा (सस्टेनेबल हाउजिङ लोन) योजना ल्याएको छ । बैंकले स्मार्ट पानी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा यो योजना ल्याएको हो । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यो योजना ल्याइएको जनाएको छ ।
विद्युत खपत कम गर्ने र पानीको पुनः प्रयोग बढाउनेलाई सहजै ऋण दिने बैंकले जनाएको छ । बैंकले यो योजनामा सहभागी हुनेलाई ७ वर्षसम्मका लागि आधार दरमा १ प्रतिशत प्रिमियम थपेर वा १०.४९ प्रतिशत ब्याजदरमा फिक्स्ड कर्जा दिनेछ ।
बैंकले यो योजनामा न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड कर्जा दिने जनाएको छ । कर्जाको अवधि २० वर्षको हुनेछ। कर्जा लिएको ७ वर्षपछि आधारदरमा न्यूनतम प्रिमियम थप गरिने बैंकले जनाएको छ ।
कर्जा पाउनका लागि आन्तरिक उपकरण प्रयोग गर्ने, विद्युत कम प्रयोग गर्ने (घर बनाउँदा प्रयोग भएका उपकरण प्रकाश आउने खालका प्रयोग गर्ने) र घरमा वैकल्पिक ऊर्जा प्रयोग गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ ।