२८ वर्ष बैंकिङ क्षेत्रमा काम गरेका दिपेश महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त

दर्पण दैनिक २४ माघ २०८०,२१:१४
post

काठमाडाैं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लम्साल यसअघि महालक्ष्मी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरिरहेका थिए । तत्कालीन सीईओको राजीनामापश्चात् भने उनी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए ।

नवनियुक्त सीईओ लम्साललाई बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बैंक परिवारको तर्फबाट स्वागत कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्वागत कार्यक्रममा सीईओ लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाए । साथै, बैंकको लक्ष्य र उद्देश्यप्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन पनि उनले आग्रह गरेका छन् ।

विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्साल विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: