फ्यानले चैत ५ देखि पुष्प प्रदर्शनी आयोजना गर्दै

दर्पण दैनिक ३ चैत्र २०८२,१०:४९
post

काठमाडौँ । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले फ्लोरा एक्स्पो (पुष्प मेला) आयोजना गर्ने भएको छ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रूपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ। काठमाडौँमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै आयोजकले यस वर्ष २७औँ संस्करणको पुष्प प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यही २०८२ चैत ५ देखि ८ गतेसम्म ‘२७औँ फ्लोरा एक्स्पो’ भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौँमा सञ्चालन गर्न लागिएको जानकारी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं मेलाका संयोजक रामबहादुर तामाङले दिए। उनका अनुसार फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल–६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–२, फुड स्टल–२, ल्यान्डस्केप स्टल–१, सेल्फी स्टल–१ र बीवाइडी ईभी कारको १ स्टलसहित जम्मा ८३ वटा स्टल रहनेछन्।

विगतका वर्षमा जस्तै यस वर्ष पनि मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल–बिरुवाहरूका विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट र उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) मा प्रतिस्पर्धा गराइने छ।

प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सधैँझैँ यस वर्ष पनि लामो समयदेखि निरन्तर रूपमा पुष्प व्यवसाय गरिरहेका व्यवसायीमध्येबाट एक जना छनोट गरी कदरपत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा आयोजकले नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको जानकारी दिँदै अहिले यसबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना भएको जनाएको छ।

हाल ५२ जिल्लामा लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। यस क्षेत्रमा ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी छ भने १ हजार २३५ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेका छन्। पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५३ हजार ५०० भन्दा बढी जनशक्ति रोजगार छन्। केही वर्षयता पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा हुँदै आएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: