कपनमा ट्याक्सी चालकमाथि कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ

दर्पण दैनिक १९ चैत्र २०८०,१४:१२
post

काठमाडौं । काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन दुर्गा मन्दिर नजिकै गत मंगलबार एक जना ट्क्याक्सीका चालकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्त जंग कार्की र बुढानिलकण्ठ नगरपालिका ३४ वर्षीय राजु गुरूङ छन् । उनीहरूलाई प्रहरीले शुक्रबार बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूले बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरेर उनको मोबाइल, १८ हजार रुपैयाँ, घडी, ब्लुबुक, ल्यापटप र वालेट लुटेर भागेको आरोप छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: