किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जाने सम्झौतामा

दर्पण दैनिक ११ श्रावण २०८०,०६:५७
post

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । ९ साउन मंगलबार दुई संस्था बीच मर्जारमा जाने सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए ।

दुई संस्था समान सेयर स्वाप रेसियोमा मर्जरमा जाने प्रारमिभक सम्झौता भएको उनले बताए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्‍कन (डीडीए) पछि भने त्यसमा केही तलमाथि हुने सक्ने उनले बताए ।

मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत किसानका सीईओ कार्की हुनेछन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट हुने सहमति भएको छ ।

मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ । तर, मर्जरपछि दुवै संस्थाको नाम जोडेर कुनै नाम राख्न राष्ट्र बैंकले स्वीकृति दिएमा त्यसमा पनि छलफल हुने उनले बताए ।

हाल किसान लघुवित्तको करिब ५० करोड चुक्ता पूँजी छछ । संस्थाले करिब १३ लाख कित्ता एफपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ रुपैयाँ प्रिमियम सहित १२५ रुपैयाँमा निष्कासन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

जाल्पा सामुदायिक लघुवित्तको १६ करोड चुक्ता पूँजी छ भने १५ प्रतिशत बोनस सेयर सूचीकृत हुँदा १८ करोड पुग्नेछ । गत आर्थिक वर्ष २०७९/८० मा दुवै संस्थाले आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गरेर मर्जरमा जाने की नगरी जाने भन्ने विषयमा भने छलफल नभएको उनले बताए ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९