काठमाडौं । फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जन छन् ।
उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
उनले एक नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक अकाउन्ट खोलेर साथी बनाउँदै अश्लिल म्यासेज तथा भिडियो-फोटो पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ ।
पीडित बालिकाको आफन्तले साइबर ब्यूरोमा जाहेरी दिएपछि उनलाई भोटाहिटी चोकबाट माघ १८ गते प्रहरीले पक्राउ गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google