मूल्य रु १६ हजार ९९९ पर्ने अनर एक्स६बी नेपाली बजारमा

दर्पण दैनिक ३० श्रावण २०८१,०९:२९
post

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स६बी नेपालमा भित्र्याएको छ । कम्पनीले १२ अगस्टदेखि अनर एक्स६बी नेपाली बजारमा सर्वजनिक गरेको हो । ‘अख्खा ब्याट्री, अख्खा फिचर्स’ ट्यागलाइन रहेको यो फोनको ब्याट्री लामो समय टिक्ने दाबी कम्पनीको छ । स्टोरेज क्षमता बढी हुनुका साथै उन्नत एआई क्यामेरा यस फोनको अर्को विशेषता रहेको छ ।


एकल चार्जमा दुई दिनसम्म टिक्ने अनर एक्स६बीमा मिडिया टेक हेलिओ जी८५ फिचर रहेको छ । ५२००एमएएच ब्याट्री रहेको यस फोनमा १० प्रतिशत ब्याट्री बाँकी रहँदा पनि १९ घण्टाभन्दा बढी चलाउन सकिने कम्पनीको दाबी छ । ३५डब्ल्यू अनर सुपरचार्ज प्रविधि रहेको फोनमा टर्बो चार्जिङ मोड रहेको छ भने १० मिनेटमा २० प्रतिशत चार्ज गर्न सकिन्छ ।

१ हजार चार्ज साइकल पछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवा बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको भनाइ छ । अनर एक्स६बीमा ६ देखि १२ जीबीसम्म बढाउन मिल्ने र्‍याम  र १२८ जीबी स्टोरेज क्षमता रहेको छ । ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर क्यामेरा (अगाडि ५ मेगापिक्सेल क्यामेरा) रहेका कारण उत्कृष्ट तस्वीर एवम् भिडियोहरू खिच्ने क्षमता यो फोनमा छ ।

९० हर्ज उच्च रिफ्रेस दरको उत्कृष्ट ६.५६ इन्च क्लियर डिस्प्ले रहेको छ भने सनलाइट मोडमा ७८० निट्ससम्मको उच्च ब्राइटनेस रहेको छ ।


मूल्य कति ?

कम्पनीका अनुसार अनर एक्स६बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रीन कलरमा उपलब्ध छन् । कम्पनीले ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकेको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: