ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

दर्पण दैनिक १३ भाद्र २०८०,०८:५१
post

ललितपुर । ललितपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि रविन्द्रराज ताम्रकारले उम्मेदवारी घोषणा गरेका छन् । ताम्रकारले आज मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी ताम्रकारले उम्मेदवारी घोषणा गरेका हुन् । ललितपुर उद्योग बाणिज्य संघको ४४ औं साधारण सभा यही असोज १९ र २० गते हुँदैछ । तामकार संघका पूर्ववरिष्ठ उपाध्यक्ष हुन् । 

“ललितपुर उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर मैले करिब तीन दशक समय निजी क्षेत्रको हितका साथै उद्योग व्यवसायीहरुको हितमा काम गरेको छु । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि दाेहोर्याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु' ताम्रकारले भने ।


५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा आफूले पुर्याएको योगदानको आधारमा आफूलाई उक्त पदका लागि योग्य ठानेको उनले बताए । संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने, अग्रज र अनुभवीहरुलाई साथसाथै लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता आफूसंग रहेको रविन्द्रराज ताम्रकारको दावी छ । 

'आम व्यवसायीमाझ स्वच्छ छवि भएको व्यक्तिको रुपमा परिचित छु भन्ने मेरो दावी छ' उननले भने । उनी परिवारले पुस्तौदेखि गर्दै आएको तामा पित्तल व्यवसायमा संलग्न रहेर हस्तकला क्षेत्रका साथसाथै विभिन्न सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

ताम्रकारले निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आफ्ना विचार र धारणाहरु लेख्दै पनि आइरहेका छन् । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व सहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको उनले प्रष्ट्याए ।  जीवनको अधिकाशं समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको वताउँदै ताम्रकारले एक पटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाईलाई माथि पुर्याउने दृढता रहेको जानकारी गराए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९