मनकामना इन्जिनियरीङ हाइड्रो र भगवती हाइड्रोले पाए आईपीओ निष्कासनको अनुमति

दर्पण दैनिक ११ असार २०८०,०८:१९
post

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । बोर्डले मनकामना इन्जिनियरीङ हाइड्रोपावर कम्पनीलाई ५ असार र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ६ असारमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

भगवती हाइड्रोपावर कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँको १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई उक्त सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कानस गर्ने अनुमति पाएको हो । कम्पनीले जारी पूँजी ८० करोडको ३५ प्रतिशतले हुने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले बीओके क्यापिटल मार्केटी लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर निष्कासन गर्नेछ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: