२५ लाखबाट सुरु गरिएको जेष्ट आइडियोलोजीमा १० करोड नाघ्यो शेयर पूँजी,  ५८५५ सदस्य

दर्पण दैनिक २९ आश्विन २०८०,१४:५२
post

काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल रहेका थिए ।  संस्थाको १४औं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कार्कीले संस्थामा १० करोड १४ लाख ५० हजार ६०० रुपैंयाँ शेयर पूँजी तथा १ अर्व ११ करोड ९० लाख ७० हजार १४७ रुपैंयाँ बचत रहेको जानकारी दिए ।

त्यसैगरी संस्थाले १ अर्व ६६ करोड २४ लाख ५३ हजार २३३ रुपैंयाँ कर्जा सापटी र ३७ करोड २३ लाख ७६ हजार ३९३ रुपैंयाँ बाह्य ऋण रहेको जानकारी दिए ।

२ करोड ७६ लाख ३७ हजार ७८२ रुपैंयाँ कर अघिको नाफा रहेको संस्थाको कूल सम्पति १ अर्व ९२ करोड ८१ लख २३ हजार ७२० रुपैंयाँ रहेको अध्यक्ष कार्कीले जनाए ।

उनले यो वर्ष १ करोड ५१ लाख १४ हजार १७३ रुपैंयाँ सरकारलाई राजश्व तिरेको पनि सभामा जानकारी दिए । ५ हजार ८५५ सदस्य रहेको संस्थाको काठमाडौमा मैतिदेवी र काँडाघारीमा सेवाकेन्द्र रहेका छन् ।  

संस्थाको कोषमा २० करोड ७२ लाख बढी रकम जम्मा भएको उनले बताए । आर्थिक वर्ष ०७९–८० को वित्तिय विवरण अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी २० करोड ७२ लाख ५५ हजार ३४८ रुपैंयाँ रहेको उनले जानकारी दिए ।

संस्थाले क्यूआर भुक्तानी, फण्ड ट्रान्सफर, वालेट ट्रान्सफर, मिस्डकल बैंकिङ सेवा, इटेलर सेवा, मोबाइल बैंकिङलयागतका सेवा प्रदान गरिरहेको जनाए । त्यसैगरी संस्थाले ओसज आयुर्वेदिक हस्पिटल र हिमाल डेन्टल हस्पिटलसंगको सहकार्यमा सदस्यलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको जानकारी दिए ।

संस्थाले यसै वर्षमा रक्तदान, विज्ञ सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्य गरेको जनाए । सभामा संस्थाको लेखा समिति प्रतिवेदन संयोजक मोहनबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।

सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतित्थ्यता रहेको थियो । साधारण सभामा उपस्थित अतिथि काठमाडौं जिल्ला सहकारी संघका सचिव बालकुमार बास्तोलालगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: