काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५८ प्रतिशतदेखि अधिकतम ६.५८ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसैगरी बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.९६ प्रतिशत र व्याक्तिगततर्फ ८.९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंकले फिक्स किसिमको कर्जामा १३.७६ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्ने जनाएको छ। बैंकको बेसरेट १०.९६ प्रतिशत छ ।
Interest Rate Effective from Mangshir 01, 2080 (17th November 2023). For more information
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google